७ बैशाख २०८१, शुक्रबार
कोहलपुर–१०मा काँग्रेसको निर्वाचनमा रेग्मी र भट्टराई नेतृत्वको टिमको उम्मेद्वारी घोषणा

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७८, बुधबार १७:३३

बाँकेको कोहलपुर नगरपालिका वडा नं। १०मा नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि दुई वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको लागी वडा नं। १०को वडा सभापतिमा सनत रेग्मी र मेघनाथ भट्टराई नेतृत्वको टिमको उमेद्वारी घोषण गरेका छन् । वर्तमान उपभापति भट्टराई नेतृत्वको टिमले बुधबार उम्मेद्वारी घोषण गरेका छ भने आईतबार सनत रेग्मी नेतृत्वको टिमले उम्मेद्वारी घोषण गरेका छन् । जसमा सभापति सनत रेग्मी, उपसभापतिमा सुरेश थारु र भक्त बहादुर शाही, सचिवमा टंक केसी र ओमजंग शाही, सहसचिवमा पंख सिजवाल र सूर्य जि।सि रहेका छन् । यस्तै नगर प्रतिनिधिमा विमला शाही, गोविन्द पौडेल, कृष्ण रोकाय रहेका छन् । यसका साथै अर्को टिमबाट सभापतिमा मेघनाथ भट्टराई, उपसभापतिमा श्याम लाल थारु जगनाथ शर्मा, सचिवमा सन्तोषराज पौडेल र उतम भट्टराई, सहसचिवमा पुष्पराज आचार्य, माधव पौडेल रहेका छन् । त्यसैगरी भट्टराई नेतृत्वको टिमको सदस्यहरुमा सिता गौतम, भगवती लम्साल, लक्ष्मी थारु, सुगम श्रेष्ठ, गणेश परियार, विनीता घिमेरे, प्रेम नारायण पौडेल, मनोहर शर्मा, गोपाल खड्का, कमारो गिरी, डम्बर बहादुर खत्री, कल्पना बराल, राम प्रवेश चौधरी र भगवती कुँवर रहेकी छिन् । सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देलले लोकतन्त्रीक पार्टीकाँग्रेस भएकाले स्वच्छ निर्वाचन हुनु सकरात्मक पक्ष भएको बताएका छन् । साथै उनले पार्टी भित्रको विचारलाई जिवन्त बनाउनका लागि पार्टी भित्र नै निर्वाचन हुन आवश्यक रहेको बताएका छन् । वडा नं.१०मा रेग्मी नेतृत्वको टिमलाई शेर बहादुर देउवा पक्षले सहयोग गरेको छ भने भट्टराई नेतृत्वको टिमलाई रामचन्द्र पौडेल र कोइराला टिमले सहयोग गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका अग्रज नेतालाई क्रियाशिल सदस्यता सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा गोकुल थारु, दुर्जन थारु, ईश्वरी पाण्डे, मायाराम भाट, खिम प्रसाद दाहाल, केसब काफ्लेरहेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य नारायण गौडेल, कोहलपुर नगर कार्य समिति सभापति बलरामशर्मा र अग्रज नेता नारायण सिग्देलले सम्मान गरेका हुन् ।

रेग्मी नेतृत्वको टिमको उम्मेद्वारी घोषणाका फोटोहरु

भट्टराई नेतृत्वको टिमको उम्मेद्वारी घोषणाका फोटोहरु

नेपाली काँग्रेस वडा नं. १० का अग्रजलाई सम्मान गर्दै भट्टराई नेतृत्वको टिम

Nabintech