१३ बैशाख २०८१, बिहीबार
एक हजार २५१ जना सङ्क्रमित थप, एक हजार ६३० जना निकाे

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७८, बुधबार १७:४३

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.९१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २१ हजार ५२४ जना छन् ।

Nabintech