१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका ३६ जना थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७८, बुधबार १७:४५

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७९ नमूना परिक्षण गर्दा ३६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४९ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १३ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २२ जना छन् । १० जना महिला र १२ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार २८ नमुना परीक्षण गर्दा १८ हजार १ सय ७० जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र २ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७६५ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech