१४ बैशाख २०८१, शुक्रबार
सुखी नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पूरा गर्ने ः अध्यक्ष ओली

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७८, बुधबार १७:५४

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पूरा गर्न सक्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा बुधबार आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकारबाट हटाएपनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गरेका छन् । साथै उनले ताजा जनादेशका लागि निर्वाचनमा जान खोज्दा जालझेल गरेर आफूलाई हटाइएको आरोप लगाउनुभएको छ । ओलीले आउने चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गर्नुहुँदै सो भनाइ राखेका छन् । अध्यक्ष ओलीले आफ्नो सरकारले विकास निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाएको बताउँदै अहिलेकोे सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनतालाई ढाँटेको आरोप लगाउनुभयो । विगतमा नेकपा एमाले कसैको बैशाखी टेकेर अगाडि नबढेको स्मरण गर्नुहुँदै उहाँले अहिले त्यस्तो अवस्था अहिले पनि नभएको दाबी गर्नुभयो । सम्वोधन गर्नेक्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् भने अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिनुभएको छ । उनले शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दावी गरेका छन् । माधव नेपालप्रति इंगित गर्दै उहाँले एमालेभित्र रहेका केही हरिया सागहरुले पार्टी सक्काउन खोजेको आरोप पनि लगाएका छन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पाखे्रलले आप्mनो नेतृत्वको सरकारले पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको बताएका छन् ।

Nabintech