१५ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका १३ जना थपिए, ६ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७८, बिहीबार १६:३९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११६ नमूना परिक्षण गर्दा ७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १९ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ८ जना छन् । ६ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार १८१ नमुना परीक्षण गर्दा १८ हजार १ सय ७८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र २ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७७१ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप कोरोना संक्रमित एकको मृत्यु
भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका– ४ बाँकेका ५७ वर्षीय पुरुषको उपचारकाक्रममा मृत्यु भएको जिल्ला कोभिड– १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी एिका छन् । भदौं ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । सोही दिन उनी भेरी अस्पतालमा भर्ना भएका थिए । उनको एक महिनासम्म उपचार गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीवार बिहान ४ बजेतिर मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जनाको मृत्यु भएको छ ।

Nabintech