६ बैशाख २०८१, बिहीबार
साउन र भदौमा दुई खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०७८, शनिबार ०७:३०

चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएकाे वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । भन्सार विभागका अनुसार गएकाे वर्षको २ महिनाको तुलनामा व्यापार घाटा ७० दशमलव ७५ प्रतिशतले हो । आयातसँगै निर्यातमा वृद्धि भएको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा १ सय १५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार दुई महिनामा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ । २ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा  १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

Nabintech