• २२ असार २०७९, बुधबार
सडक दुर्घटनामा सन्तोष अधिकारीको मृत्यु


शनिबार राती सडक दुर्घटनामा परी कोहलपुरमा एक जनाको मृत्यु भएको छ । राती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्याक्टर र पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक अधिकारी गम्भीर घाईते भएका थिए । दुर्घटना लगत्तै अधिकारीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अस्पताल पुगेलगत्तै चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेका थिए । उक्त ट्याक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ भने ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Nabintech