११ बैशाख २०८१, मंगलवार
कोहलपुरमा श्रीमानद्धारा श्रीमतिको हत्या

  • टाइम्स संवाददाता

  • १० आश्विन २०७८, आईतवार १७:२६

बाँकेको कोहलपुरमा श्रीमानले श्रीमातीको हत्या गरेका छन् । आफ्नै श्रीमतीलाई कुटपिट गरी नालामा फाल्ने व्यक्ती पक्राउ परेका छन । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका ३ भगरीयाका ३४ वर्षिय प्रकाश न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । न्यौपानेले कुटपिट गरेर श्रीमती (लक्ष्मी) लाई घर नजिकैको नालामा फालेको अवस्थामा स्थानियले फेला पारेका थिए । कुटपिटबाट गम्भीर घाईते भएकी लक्ष्मीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।

Nabintech