१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका १४ जना थपिए, ३ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७८, सोमबार १६:२१

बाँकेमा पछिल्लो २४ घण्टामा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६२ नमूना परिक्षण गर्दा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ८ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ५८४ नमुना परीक्षण गर्दा १८ हजार २ सय ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७९५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका – ६ बर्दियाकी ३३ वर्षकी महिलाको आज मध्याह्न मृत्यु भएको हो । यो संगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या ४१९ पुगेछ ।

Nabintech