५ जेष्ठ २०८१, शनिबार
“मनोसमाजिक विषयलाई विशेष जोड दिन आवश्यक”

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७८, सोमबार १६:४६

कोहलपुर नगरपालिकालाई मनोसामाजिक विषयमा विशेष नीति लिन जोड दिईएको छ । टिपि नेपाल र इरेक्टको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई स्थानिय स्तरमा समाहित गर्ने विषयमा आयोजित एक दिवशिय अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवस्तावले पछिल्लो सयममा मानसिक रोगका विरामीहरुको संख्या समाजमा धेरै भएकाले तिनको उपचाका लागि स्थानिय तहले विशेष नीति लिन आवश्यक रहेको बताएका छन् । विशेष गरी पछिल्लो समय मानिसका विभिन्न गतविधिहरुले मानसिक रुपमा तनाव झेलिरहेको बताउँदै त्यस्ता मानिसको उपचारका लागि राज्यले ठोस नीति लिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले मनोसमाजिक क्षेत्रलाई विशेष जोड दिई कोहलपुर नगरपालिकाले आगामि दिनमा काम गर्ने बताएका छन् । ‘मानसिक स्वास्थ्य विषयमा अहिलेसम्म कुनै निति तथा कार्यक्रम तयार पारेका छैनौं’ उनले भने’ ‘आगामी दिनहरुमा भने मानसिक स्वास्थ्य विषयमा बजेटको व्यवस्था गर्नेछौं ।’
कार्यक्रममा बोल्दै मनोसामाजिक प्रा.डा. शिशिर सुब्बाले परिवार, सामाजिक वातावरण, विभिन्न पेशा, शिक्षा, आर्थिक, राजनीतिक वातावारणले मनोसामाजिक समस्या निम्ताईरहेको बताएका छन् । टिपि नेपालका प्रमुख पिताम्बर कोइरालाले मानसिक तनावले विश्वमा रहेक ४० सेकेन्डमा एक जनाले आत्माहत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । साथै उनले मानसिक, स्नायु तथा दुव्र्यसनि सम्बन्धी समस्या एक अन्त्यतै गम्भिर जनस्वास्थ्य समस्याको रुपमा विकास भईरहेको बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

Nabintech