८ बैशाख २०८१, शनिबार
९०४ सङ्क्रमित थपिए, एक हजार ३१८ निको, १२ को मृत्यु

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार १६:५९

पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ३३१ वटा एन्टीजेन परीक्षण गर्दा २५४जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३१८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ११५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख लाख आठ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार ४२२ जना छन् ।

Nabintech