१४ बैशाख २०८१, शुक्रबार
निलसागरको पाँचौं वार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार १७:४७

बाँकेको नेपालगञ्जमा रहकेो निलसागर सेवा आश्रमले आफ्नो पाँचौं वार्षिक उत्सव मनाएको छ । नेपालगञ्जमा सम्पन्न भएको वार्षिकोत्सवमा बोल्दै बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले निल सागर सेवा आश्रम असहाय ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको भरपर्दो आश्रय स्थल बन्दै गएको भन्दै राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् । कर्याक्रममा बोल्दै निलसागर सेवा आश्रमकी प्रमुख सरिता खनालले सुरुमा नेपालगन्जमा असहाय ज्येष्ठ नागरिकलाई सेवा दिन सुरु गरेको निग सागर अहिले देशका विभिन्न १० ठाउँबाट सेवा दिन थालेको भन्दै पछिल्लो पटक कास्कीको पोखरामा पनि आश्रम सञ्चालनमा आएको बताएकी छिन् । साथै हाल आश्रममा वृद्ध, वृद्धा र बालबालिका गरी दुई सय जना रहेको बताएकी छिन् । सो अवसरमा निलसागर सेवा आश्रम कोहलपुरकी संयोजक अन्जु न्यौपानेलाई सम्मान गरिएको थियो ।

Nabintech