११ बैशाख २०८१, मंगलवार
मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई हरायाे

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७८, बुधबार ०७:१८

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हराएको हो । पञ्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए । हार्दिक पाण्डेय ४० रनमा अविजित रहे । पञ्जाबका रबि बोस्नाईले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पञ्जाबका एडिन माक्र्रामले ४२ रन तथा दिपक होडाले २८ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह र केइरन पोर्लाडले २/२ विकेट लिए । जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा छ । समान खेलमा पञ्जाब ८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

Nabintech