१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ६ जना थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७८, बुधबार १६:३४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४९ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १६ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ३ जना छन् । १ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ८ सय १० नमुना परीक्षण गर्दा १८ हजार २ सय १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ३ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८०३ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech