१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १३ जना थपिए, २६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार १६:३२

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५० नमूना परिक्षण गर्दा ११ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १७ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ७ जना छन् । ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ९ सय ९७ नमुना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा २६ जना डिस्चार्ज भएका छन् । १४ जना महिला र १२ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८३६ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech