७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार १७:०२

बाँकेको कोहलपुरमा १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कोहलपुर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३१ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी कोहलपुर नगरपालिकाका १५ वटा वडाका एक एक जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सो सम्मान कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले नगर भित्रका दुई जना जेष्ठ नागरिकलाई नगरमाता र नगरपिताका रुपमा घोषण गरी सम्मान उनीहरुलाई थप सेवा सुविधा उपलब्ध गराईरहेको बताएकी छिन् । साथै उनले जेष्ठ नागरिकलाई दिनुपर्ने सबै सेवा उपलब्ध गराएको बताउँदै वर्षमा दुई पटक निःशूल्क स्वास्थ्य चेकजाँच, औषधी उपचारको व्यवस्था, छाताटर्चको व्यवस्था, आधारभूत स्वास्थ्य चौकीहरुमा निःशूल्क औषधीहरुको व्यवस्था गरिएको बताएकी छिन् । साथै उनले जेष्ठ नागरिकहरुले राष्ट्रको गहजना भएको बताउँदै राज्यले जेष्ठ नागरिकहरुको सम्मान गरिरहेको बताएकी छिन् । जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले राज्यले जेष्ठ नागगरिकका लागि जीवन बिमा गराएको, डाक्टरहरुलाई घरघरमै पु¥याएर औषधी उपचार गरिरहेको बताएका छन् ।
जेष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले कोहलपुर नगरपालिका वडा नं. ११ मा भवन निर्माण गरिएको बताएका छन् । साथैले जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरेका छन् भने परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए स्थानिय तहले आवश्यक सहयोग गर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिना थापाले राज्यले जेष्ठ नागरिकहरुका लागि विशेष रुपमा अहिले पनि सम्मान गर्न नसकेको बताउँदै जेष्ठ नागरिकहरुको अधिकार र हककालागि नीतिगत व्यवस्था गरिनुपर्ने बताईन् । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनाल, वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारु, जनप्रतिनिधि, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, लगायत जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Nabintech