७ बैशाख २०८१, शुक्रबार
८९८ जना सङ्क्रमित, ९३८ जना कोरोनामुक्त, १३ को मृत्यु

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार १७:०८

पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण गर्दा १६८ जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार ११५ जना छन् ।

Nabintech