१४ बैशाख २०८१, शुक्रबार
बाघबाट जोगिन रुखमा चढेका तीन जनाको सकुशल उद्धार

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार १६:५७

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ। स्थानीय अन्दाजी ५६ वर्षका सेतु ओली, २५ वर्षीया हीरा खड्का, र २४ वर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो।   स्थानीयका अनुसार भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए।  बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेका हुन्। बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भन्डारीले जानकारी दिए। उनले  भने, ‘उद्धार गरिएका दुई जना घरमै आइसके, एक जना घरमा आउँदैछन्।’   बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए। जंगलमा रहेकाले कर्मचारीसँग मोवाइल फोनमा सम्पर्क हुन नसकेको उनले बताए। -नागरिकबाट

Nabintech