१४ बैशाख २०८१, शुक्रबार
दिव्य बहुउद्देश्यीय सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार १७:५५

बाँकेको कोहलपुरमा रहेको दिव्य बहुउद्देश्यीय सहकारी संघ लि.ले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि.का अध्यक्ष बल बहादुर खड्काले सहकारीले शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउन सक्ने कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् । संस्थाको आर्थिक वर्ष २०७७÷०७८ मा कुल कारोबार ९ करोड ६ लाख गरेको छ । साथै संस्थाले मासिक, नियमित, र दैनिक बचत, अपाङ्ता मैत्री बचत, शैक्षिक बचत, जेष्ठ नागरिक बचत, बाल बचत समेत संकलन गर्दै आएको बताईएको छ । संस्थाका कार्यवाहक अध्यक्ष टिकाराम शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Nabintech