१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा काँग्रेसको संस्थापन इतर पक्षले घोषणा ग¥यो उम्मेद्वार

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार २१:१९

नेपाली काँग्रेस कोहलपुर नगरको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनका लागि उम्मेद्वार घोषणा गरेको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेसको इतर पक्षले कोहलपुर नगर कार्य समितिका विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेको छ । दशैं पछि बाँके जिल्लामा नेपाली काँग्रेसले महाधिवेशन गर्ने भएको छ । कोहलपुरमा एक भेलाको आयोजना गरी नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिको सभापति पदमा बिरेन्द्र कुमार शाह, उपसभापतिमा अंशु चौधरी र सचिवमा शुसिल सापकोटाको उम्मेद्वारी घोषणा गरिएको छ । अन्य बाँकी पदहरुमा उम्मेद्वारी घोषणा केहि दिन भित्र गर्ने तयार सो पक्षले गरेको पाईएको छ ।
साथै सो पक्षले वडा सभापति र अन्य पदाधिकारीहरुको उम्म्ेद्वारी पनि घोषणा गरेको छ । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. २ को वडा सभापतिमा बालकुमार शर्मा, वडा नं. ३ को वडा सभापतिमा गणेश थापा, वडा नं. ४ मा महेन्द्र थापा, वडा नं. ५ मा अमृत श्रेष्ठ, वडा नं. ६ मा रामकिसुन थारु, वडा नं. ७ मा पतिराम थारु, वडा नं. ८ मा बेल बहादुर बस्नेत, वडा नं. ९ मा मान बहादुर राना, वडा नं. १० मा मेघनाथ भट्टराई, वडा नं. ११ मा प्रताप देवकोटा, वडा नं. १२ मा केश कुमारी वली, वडा नं. १३मा कालि बहादुर वली र वडा नं. १५ मा दिपेन्द्र थारुलाई वडा सभापति पदमा उम्मेद्वारी घोषणा गरिएको छ । यस साथै सो पक्षले वडा नं. १ र वडा नं. १४ मा केहि दिन भित्र उम्मेद्वारी घोषणा गर्ने तयारी गरेको पाईएको छ ।
नेपाली काँग्रेस कोहलपुरको महाधिवेशनमा संस्थापन र संस्थापन इतर पक्ष गरी दुई टिम बिच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन इतर पक्षले बिरेन्द्र शाहलाई घोषणा गरिसकेको छ भने संस्थापन पक्षले पनि केहि दिन भित्र उम्मेद्वारीहरुको नाम सार्वजनिक गर्ने बताईएको छ । नेपाली काँग्रेसको नीति र बिचारलाई जनताका बिचमा लिई पार्टीलाई आगामि निर्वाचनमा कोहलपुर क्षेत्रबाट जिताउनका लागि आफ्नो उम्मेद्वारी रहेको सभापति पदका उम्मेद्वार बिरेन्द्र कुमार शाहले बताएका छन् । नेपालको विकास र समृद्धिका लागि नेपाली काँग्रेसले लिएको बिचारलाई आत्मासाथ गरी जनताको भावना अनुसारपार्टीलाई चलायमान बनाउनका लागि आफु र आफ्नो टिमलाई बिजय गराउन उनले कोहलपुर नगर भित्रका नेपाली काँग्रेसका आम कार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन् ।

Nabintech