१५ चैत्र २०८०, बिहीबार
आईपीएलमा राजस्थानले चेन्नईलाई हरायाे

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७८, आईतवार ०७:०४

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे । चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले एक सय एक रनको शतकीय पारी खेले । राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अङ्क जोडेको छ । राजस्थान छैटौं स्थानमा छ । समान खेलमा १८ अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा छ ।

Nabintech