१३ बैशाख २०८१, बिहीबार
कोरोनाका ८१२ जना थप विरामी, एक हजार जना निकाे, दशकाे मृत्यु

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७८, सोमबार १८:४७

पछिल्लो २४ घण्टामा ८१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ८९३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ९८१ वटा एन्टीजेन परीक्षण गर्दा २१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १७४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार ६०६ जना छन् । पछिल्लो २४ घण्टामा १२ लाख ५४८ ले काेराेना विरूद्धकाे खाेप लगाएका छन् ।

Nabintech