१२ श्रावण २०८१, शनिबार
थप ७६२ जनामा कोरोना सङ्क्रमण, छ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०७८, मंगलवार १७:०७

पछिल्लो २४ घण्टामा ७६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४६० वटा एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ११४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १८० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार २४८ जना छन् । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ८९६ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Nabintech