७ बैशाख २०८१, शुक्रबार
बाँके प्रहरीले मनायो ६६औं प्रहरी दिवस, २६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७८, बुधबार १६:०८

बाँके प्रहरीले पनि विविध कार्यक्रम गरी ६६ औं प्रहरी दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट काम गरेका प्रहरी, अमर प्रहरी, अमर प्रहरीका परिवार, प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरु एवं जग्गादाताहरु र दिवसका अवसरमा आयोेजित मैत्रीपूणर् खेलकुद प्रतियोगिताका विजेताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट काम गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालसहित बाँकेका २६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिएको छ । पुस्कृत हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकमा प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्तम्भमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिवसका अवसरमा प्रहरी महानिरीक्षकले पठाएको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रहरी अब जनताको साथी बनिसकेको बताए । उनले नागरिक र प्रहरीको सहकार्यबाट नै समाजलाई अपराधमुक्त र शान्त राख्न सकिने धारणा राखे । कार्यक्रममै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिकाको विमोचन पनि गरिएको छ ।

Nabintech