१२ श्रावण २०८१, शनिबार
बाँकेमा कोरोनाका १२ जना थपिए, ४ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २१ आश्विन २०७८, बिहीबार १७:००

बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ६ जना र बोगश्वरी ल्याबमा १३ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ४७६ नमुना परीक्षण गर्दा १८ हजार २ सय ७३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । १ जना महिला र २ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८७४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये १३ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २० जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech