७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका १२ जना थपिए, ४ जना डिस्चार्ज, चारको निधन

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार १६:१३

बाँकेमा पछिल्लो २४ घण्टामा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५४ नमूना परिक्षण गर्दा १५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा ८ जना र बोगश्वरी ल्याबमा १२ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ८ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ५७२ नमुना परीक्षण गर्दा १८ हजार २ सय ८४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । ३जना महिला गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८७७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २६ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।
त्यस्तै बाँकेमा एकैदिन चारजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा ६ घण्टाको अन्तरमा चारजनाको मृत्यु भएको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोभिड संक्रमणकै कारण दाङ दंंगीशरण गाउँपालिका–१ का ३७ वर्षीया महिला, बारबर्दिया नगरपालिका–११ बर्दियाका ४२ वर्षीया महिला , राजापुर नगरपालिका–४ बर्दियाका ५२ वर्षीया महिला र राजापुर नगरपालिका–८ बर्दियाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ४२३ जना संक्रमितको मृत्यु भईसकेको छ ।

Nabintech