७ बैशाख २०८१, शुक्रबार
१७ वर्षिया बालिका बनिन् कोहलपुर नगरपालिकाकी महिला विकास अधिकृत

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार १६:३९

कोहलपुरकी १७ वर्षीया भावना शाही कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बनिन् । वास्तविक महिला विकास अधिकृत तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिना थापाले एक कार्यक्रमका बीच शाहीलाई एक दिनका लागि शाखा प्रमुखको जिम्मेवारी सुम्पिईन् । बालिका संरक्षण हकहितको वकालत गर्न महिला अधिकृत बनाइएकी शाहीले पदभार ग्रहण गर्दै किशोरीहरूको अधिकार र सुरक्षाबारे अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरूसँग छलफल गरिन् । साथै उनले बालिका र किशोरीहरूले सुरक्षित तरिकाले अनलाइन प्लेटफर्मको प्रयोग गर्न सकुन् भन्नेमा जोड दिने र दुव्र्यवहारमा परेका किशोर–किशोरीहरूको उद्धार गर्न र डिजिटल साक्षरता बढाउन पहिलो कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् । बालबालिकाहरुलाई अनलाईनमा सुरक्षित बनाउनका लागि महिला बालबालिका शाखाले विशेष नीति लिएर काम गर्ने समेत बताएकी छिन् ।

महिला विकास अधिकृत तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिना थापाले बालिकाहरुका समस्यालाई राज्यले सम्बोधन गर्नका लागि किशोरीहरुलाई सचेत गराउन आवश्यक रहेको बताउँदै यस्ता सकरात्मक सन्देशमुलक कार्यक्रमहरु सबै स्थानिय पालिकाका शाखाहरुमा आयोजना गर्नुपर्ने बताईन् । यसका साथै शाहीको अध्यक्षतामा भएको अन्र्तराष्ट्रिया बालिका दिवस २०७८ “डिजिटल पुस्ता ः हाम्रो पुस्ता” विषयक कार्यक्रममा महिला तथा बालबालिका शाखाले विभिन्न साईबर कानून बारे तालिम क्षमता विकासका कामहरु धेरै भन्दा धेरै गर्ने, संघसंस्थासँग साझेदारी गर्ने, अभिभावकलाई सचेतीकरण गरी जिम्मेवारी गराउने, साथै किशोर किशोरीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत गरिएको छ । कोहलपुर नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाललगायतका संघ संस्थाहरूसँग सहकार्य गरी गल्र्स सेट इक्वायल, फ्रि टु बी अनलाइनजस्ता अभियानलाई स्थानीय स्तरमा प्रभावकारी बनाईने भएको छ । २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरूमा गरिएको अध्ययनमा सहभागी किशोरी, बालिकामध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरूले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरूले सामाजिक सञ्जालहरूमा ‘रिक्वेस्ट’ पठाउने र कुरा गरेर तनाव दिनेजस्ता झमेला बेहोर्नु पर्दा व्यक्तिगत जीवनमा प्रभाव परेको पाईएको छ ।

Nabintech