१३ बैशाख २०८१, बिहीबार
कोहलपुर नगरपालिकाले बजार अनुगमन गर्दै

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार १७:२२

बाँकेको कोहलपुर नगरपालिकाले बजार अनुगमन गर्ने भएको छ । विशेष गरी चार्डपर्वको बेला गुणस्तरहिन वस्तुहरु विक्रि वितरण हुने भएले बजार अनुगमन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले क्षेत्रगत सरोकारवाला बिच अन्र्तक्रिया कार्यक्रम आयोजना गरी बजार अनुगमनलाई तिव्रता दिने निर्णय गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले चार्डपर्वमा बजारमा भिडभाड धेरै हुने भएकाले गुणस्तरीय वस्तुको खरिद विक्रि हुनुपर्ने भन्दै कोहलपुर नगरपालिकाले अनुगमनलाई तिव्रता दिँदै आएको बताएकी छिन् । साथै उनले राज्यले नै स्थानिय निकायलाई चार्ड पर्वको बेला विशेष निगरानी गर्न निर्देशन दिईरहेको भन्दै कोहलपुर नगरपालिकाको नियमित अनुगमनका क्रममा चार्डपर्वको समयमा विशेष प्राथमिकता राखेर अनुगमन गरिरहेको बताएका छिन् । उपभोक्ता हित संरक्षण समिति जिल्ला अध्यक्ष बसन्त गौतमले व्यवसायीहरुले कुनै पनि वस्तुको खरिद मूल्यको २० प्रतिशत भन्दा बढिमा बेचबिखन गरे कालोबजारी हुने बताएका छन् । साथै उनले व्यवसायीहरु जिम्मेवार र उपभोक्ताहरु सचेत हुनुपर्ने भन्दै गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् । कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले राज्यले उपभोक्ताको हक सम्बन्धी संविधानमै मौलिक हकका रुपमा व्यवस्था गरेकाले आम उपभोक्ताहरुले स्वच्छ र गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनुपर्ने भन्दै कोहलपुर नगरपालिकाले गुणस्तरीय वस्तु उपभोग गराउनका लागि नीतिगत व्यवस्था नै गरी काम गरिरहेको बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरकी उपाध्यक्ष संगिता सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघले गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउनका लागि आफ्ना व्यवसायीहरुलाई सचेत गराईरहेको बताउँदै अनुगमनका नाममा व्यवसायीहरुलाई दुःख दिन नहुने समेत बताएकी छिन् । कोहलपुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख बिर बहादुर बिकले कोहलपुर नगरपालिकाले हालसम्म बजार अनुगमन सम्बन्धि गरिएको प्रवेदन पेश गरेका थिए । कोहलपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म पाँच सय ८० पटक बजार अनुगमन गरिएको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकामा दर्ता भएका व्यवसायहरु दुई हजार तीन सय ५० र नविकरण भएका एक हजार सात सय समेत रहेको समेत बताएका छन् ।

 

Nabintech