७ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार १७:५३

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । बालविवाह रोकथाम परियोजना अन्तर्गत किशोर किशोरी मैत्री स्वास्थ्य कक्ष स्थापनाका लागि सामग्री हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशलन नेपाल स्याक नेपाल बाँकेको सहयोगमा कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको स्वास्थ्य चौकीलाई ५० हजार मूल्य बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले प्लान इन्टरनेशलन नेपाल स्याक नेपाल बाँकेले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको सहि सदुपयोग गर्ने बताउँदै स्थानिय तहले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिईरहेको बताएका छन् । स्वास्थ्य क्षेत्रलाई आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् । बालविवाह रोकथाम परियोजना अन्तर्गत किशोर किशोरी मैत्री स्वास्थ्य कक्ष स्थापनाका लागि सामग्री हस्तान्तरण गरिएको स्याक नेपालकी लसिना वलीले बताएकी छिन् ।

Nabintech