१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १७ जना थपिए, ६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७८, शनिबार १६:१३

बाँकेमा पछिल्लो २४ घण्टामा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ६९ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३७ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ९ जना छन् । ६ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ६४१ नमुना परीक्षण गर्दा १८ हजार २ सय ९३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ३जना महिला र ३ जना गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८८३ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २७ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech