१६ चैत्र २०८०, शुक्रबार
जनताको भावनालाई आत्मासाथ गरि नेकपा एस अगाडि बढ्छ: नेता सुनार

नगर कमिटिको अध्यक्षमा बुढाथोकी


  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७८, शनिबार १७:३६

नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीका पोलिट ब्यूरो सदस्य एव्म लुम्बिनी प्रदेश कमिटि सह–ईन्चार्ज दल बहादुर सुनारले नेपाली जनताका भावनाहरुलाई आत्मासाथ गरी नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी अगाडि बढ्ने बताएका छन् । नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी कोहलपुर नगर कमिटि नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सुनारले आफ्ना आफन्त र केहि व्यक्तिको नजिकको भएको व्यक्ति नभएर पार्टी र जनताको काममा खटिने व्यक्तिलाई पार्टी र राष्ट्रको जिम्मेवारी दिनुपर्ने बेला आएको बताएका छन् । साथै उनले नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीले आम नागरिकको भावनालाई समेटर नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्ने बताएका छन् । पूर्व राज्य मन्त्री समेत रहेको सुनारले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले देश निर्माणका लागि जनताले दिएको अभिमतको अपमान गरेको भन्दै त्यसका विरुद्ध नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीको निर्माण भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी बाँकेका अध्यक्ष अशोक कोइरालाले कम्प्युनिष्ट पार्टीमा “बा” भन्न नमिल्ने हुँदा पनि केपि शर्मा ओलिलाई सबैले “बा” मानेको बताउँदै “बा”ले देश र जनतालाई धोका दिएको बताएका छन् । साथै उनले “बा”का केहि अंशहरु बाँकी रहेकाले नेपाली जनताले तिनको पनि अन्त्य गर्ने बताएका छन् । अध्यक्ष कोइरालाले ओलिको दम्भ र अंहकारले पार्टी र लोकतन्त्रलाई दुर्घटनामा परेको बताउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीको स्थापना भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी जाजरकोटका अध्यक्ष कृष्ण बिसीले नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीलाई बैचारिक र जनमुखी बनाउनका लागि प्रत्येक कार्यकर्ताहरु वडा तहदेखि नै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीमा आवद्ध नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नगर कमिटिको अध्यक्षमा बुढाथोकी
नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी कोहलपुर नगर कमिटिको अध्यक्षमा जगतजंग बुढाथोकी चयन भएका छन् । सो भेलाले बुढाथोकीको नेतृत्वमा ५६ सदस्यीय कोहलपुर नगर कमिटि गठन समेत गरेका छन् । जयसको उपाध्यक्षमा टेक बहादुर शाही, महिला उपाध्यक्षमा प्रेमिका शाही, सचिवमा शंकर खड्का, सहसचिवमा राजु तामाङ्ग चयन भएका छन् । त्यसैगरी सदस्यमा प्रत्येक वडाहरुबाट चयन गरिएको छ । यसका साथै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी कोहलपुर नगरकमिटिका अध्यक्ष बुढाथोकीले कोहलपुरको विकास र समृद्धिका लागि पार्टीले विशेष नीति लिई काम गर्ने र जनताका बिचमा गई अगामि निर्वाचनमा पार्टीलाई जिताउनका लागि काम गर्ने बताएका छन् ।

Nabintech