१५ चैत्र २०८०, बिहीबार
६३६ जना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७८, शनिबार १७:४०

पछिल्लो २४ घण्टामा ६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार १६८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, पाँच हजार ८६३ वटा एन्टीजेन परीक्षण गर्दा १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २२१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १५ हजार ३४० जना छन् । पछिल्लो २४ घण्टामा नौ हजार ९९३ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Nabintech