१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ६ जना थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७८, आईतवार १८:४८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ४४ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८ नमूना परिक्षण गर्दा शून्य जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा २२ नमुना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । ३ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ६८५ नमुना परीक्षण गर्दा १८ हजार २ सय ९८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ५ जना गरी हालसम्म बाँकेमा १७ हजार ८९१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech