१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १० जना थपिए, ९ जना बिरामी सिकिस्त

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७८, सोमबार १६:३३

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३६ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १७ नमुना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ९ जना छन् । २ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ७६३ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने २२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech