१६ चैत्र २०८०, शुक्रबार
सडक दुर्घटनामा परी एकको निधन

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७८, सोमबार १८:४८

बाँकेको राप्तीसोनारीमा सडक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी(८ परुवाखोला नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्वरको बसले सोमबार दिउँसो पौने दुई बजे तिर राप्तीसोनारी गाउँपालिका(८ बालापुर बस्ने चन्द्रा बुढाथोकी खड्कालाई ठक्कर दिएको थियो । ठक्करबाट शम्शेरगन्ज बस्ने ३६ वर्षीया गीता चौधरी गम्भीर घाइते भएकी छन । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको हो ।

Nabintech