१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १८ जना थपिए, ११ जना बिरामी सिकिस्त

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७८, मंगलवार १७:२९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १७ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १० जना छन् । ५ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ८१० नमुना परीक्षण गर्दा १८ हजार ३ सय १७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । २ जना महिला र २ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ८९५ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ११ जना सिकिस्त छन् भने २३ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech