१३ बैशाख २०८१, बिहीबार
ठुलो परिमाणमा मोबाइल सेट बरामद

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७८, आईतवार १८:२६

भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणमा मोबाइल सेट बाँके प्रहरी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट ९ सय थान इटेल कम्पनीको कि–प्याड मोबाइल सेट बरामद गरेको हो । ६ लाख ३० हजार मूल्य बराबरको उक्त मोबाइल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Nabintech