७ बैशाख २०८१, शुक्रबार
सात बुँदे माग सहित नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७८, सोमबार १६:१३

बाँकेको कोहपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल समक्ष तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा सोमबारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिएका छन् । आन्दोलनबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले माग सम्बोधन नभए मंगलबार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने बताएका छन् भने यस्तै बुधबार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने पनि उनले बताए । तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ । व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा. सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन् ।

Nabintech