• १६ आश्विन २०७९, आईतवार
५२३ जना कोरोना सङ्क्रमित थपिए, नाै जनाकाे मृत्यु

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७८, सोमबार १८:२६

पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुईहजार ०४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Nabintech