७ बैशाख २०८१, शुक्रबार
थप ९५७ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०७८, मंगलवार १७:४६

पछिल्लो २४ घण्टामा ९५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १४० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार चार जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Nabintech