१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १५ जना थपिए, १० जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७८, बुधबार १७:००

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६६ नमूना परिक्षण गर्दा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा १५ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार २९० नमुना परीक्षण गर्दा १८ हजार ३ सय ५० जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ७ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९६३ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने २४ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech