१६ चैत्र २०८०, शुक्रबार
बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सरकारले २ लाखसम्म दिने

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७८, बुधबार १७:२६

सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ । बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Nabintech