१२ श्रावण २०८१, शनिबार
कर्मचारीको तत्काल तलब भत्ता बढाउने अवस्था नभएको : नेपालगञ्ज मेडिकल कलेज प्रशाशन

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७८, बिहीबार १७:१५

नेपालगञ्ज मेडिकल कलेज व्यवस्थापन पक्षले कर्मचारीले तलवभत्ता वृद्धिसहितको माग तत्काल सम्वोधन गर्न नसकिने स्पष्ट पारेको छ । शिक्षण अस्पताल व्यवस्थापन पक्षले विहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप व्ययभार पर्ने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारेको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि अस्पताल घाटामा चलिरहेकाले व्ययभार थप्नेगरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताए । कोभिडका कारण मेडिकल कलेजमा ०७६÷७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७÷०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै छैन् । संस्था घाटामा गइरहेको थाहा हुँदाहुँदै पनि तलवभत्ता बढ्नु पर्यो भनेर आन्दोलन गर्नु अराजकताको पराकाष्टा भएको उनको दाबी छ ।कर्मचारीका मागका बिषयमा पटक पटक बार्ता भएको स्मरण गर्दै व्यवस्थापन पक्षबाट वार्ता टोलीका संयोजक रहेका कलेजका उपनिर्देशक श्याम कुमार शर्माले कर्मचारीको आन्दोलन अर्थहीन भएको दाबी गरे । अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कनोडियाले पछिल्लो पाँच वर्षदेखि अस्पतालको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउदै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप घट्दै गएकाले यसै पनि आर्थिकरुपमा अस्पताल कमजोर हुँदै गएको स्पष्ट पारे । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर गएको कार्तिक १ गतेदेखि कर्मचारीहरु आन्दोलनमा छन । उनीहरुले आकास्मिक बाहेक अन्य सेवा ठप्प पारेका छन् ।

Nabintech