१६ चैत्र २०८०, शुक्रबार
५७४ जना नयाँ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७८, शुक्रबार १७:१५

पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २५३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार १२३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३३७ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech