१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ७ जना थपिए, ३ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार १६:४९

बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २५ नमूना परिक्षण गर्दा ० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । ४ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ६१० नमुना परीक्षण गर्दा १८ हजार ३ सय ६६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । १ जना महिला र २ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९८४ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ७ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा २ जना रहेका छन् भने १७ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।
बाँकेमा थप एक जनाको निधन
बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा जोशीपुर गाउँपालिका ७ कैलालीका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएकाछन् । असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई असोज २८ गते थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको गएराती साढे ११ बजे मृत्यु भएको हो । योसँगै हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका ४२७ जनाको मृत्यु भएको छ ।

Nabintech