२६ बैशाख २०८१, बुधबार
नेकपा एमाले कोहलपुर–१३ को अध्यक्षमा डाँगि

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार १७:११

नेकपा एमालेकोे कोहलपुर नगरपालिका वडा नं. १३ को अध्यक्षमा रुपसिंह डाँगि चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशनबाट डाँगिको नेतृत्वमा नयाँ कार्य सिमिति चयन भएको छ । जसको उपाध्यक्षमा पबित्रा रावल, सचिव लाल बहादुर बुढाथोकी, उप सचिव शुक बहादुर पचभैया, उपसचिवमा गुरूवचन थारु लगायत २६ सदस्यीय वडा कमिटी गठन भएको छ । कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा प्रदेश कमिटी सदस्य आरती पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य गोमा खनाल, जिल्ला कमिटी सदस्य ओम प्रकाश वलि, लाल बहादुर राना, क्षत्रीय कमिटी सदस्य रिम बहादुर खत्री, लाल बहादुर बुढाथोकी लागायत पार्टिका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech