१६ चैत्र २०८०, शुक्रबार
थप ४३८ जनामा सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार १७:४०

पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ९७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी, एक हजार ९५९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३४५ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ५५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech