११ बैशाख २०८१, मंगलवार
नेकपा एमाले कोहलपुर नगर वडा अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार १९:१३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशनबाट कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ । नगरका १५ वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । जसमा कोहलपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा अमर लामिछाने चयन भएका छन् । वडा अधिवेशनबाट लामिछानेको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । जयसको उपाध्यक्षमा कृष्ण बहादुर घिमिरे सचिवमा खिमलाल बास्तोला रहेका छन् । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. २ को अध्यक्षमा प्रेम बहादुर थापा मगर चयन भएका छन् । वडा अधिवेशनबाट थापा मगरको सभापतित्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्णलाल शर्मा, सचिवमा शान्त बिसी, सहसचिवमा केजु बिक र मिना बिसी रहेका छन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ को अध्यक्षमा छविलाल आचार्य चयन भएका छन् । वडा अधिवेशनबाट आचार्यको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ४ को अध्यक्षमा मोहम्मद सफि गुजर चयन भएका छन् । वडा अधिवेशनबाट गुजरको सभापतित्वमा १७ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ५ को अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । वडा अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय वडा कमिटि चयन भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ६ को अध्यक्षमा नारायण पोखरेल चयन भएका छन् । वडा अधिवेशनबाट पोखरेलको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ७ को अध्यक्षमा ठग्गा थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ८ को अध्यक्षमा पहलमान खड्का चयन भएका छन् । वडा अधिवेशनबाट खड्कको सभापतित्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा अमरसिंह सुनार, सचिवमा नविन रावल, सहसचिवमा दुर्गा बुढाथोकी र पूर्ण पौडेल लगायत ३१ सदस्यीय वडा कमिटि चयन भएको छ ।त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ९ को अध्यक्षमा नन्दराम थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा १७ सदस्यीय वडा कमिटि चयन भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १० को अध्यक्षमा मकर रोकाया चयन भएका छन् । वडा अधिवेशनबाट रोकायाको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ को अध्यक्षमा सालिकराम लम्साल चयन भएका छन् । वडा अधिवेशनबाट लम्सालको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १२ को अध्यक्षमा प्रेम राना चयन भएका छन् । वडा अधिवेशनबाट रानाको सभापतित्वमा २१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा लाल बहादुर बाठा, सचिवमा बिमला बिसी, उपसचिवमाराजु परियार र विरु पिाण्डे लगायत २१ सदस्यीय वडा कमिटि चयन भएको छ ।
नेकपा एमालेकोे कोहलपुर नगरपालिका वडा नं. १३ को अध्यक्षमा रुपसिंह डाँगि चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशनबाट डाँगिको नेतृत्वमा नयाँ कार्य सिमिति चयन भएको छ । जसको उपाध्यक्षमा पबित्रा रावल, सचिव लाल बहादुर बुढाथोकी, उप सचिव शुक बहादुर पचभैया, उपसचिवमा गुरूवचन थारु लगायत २६ सदस्यीय वडा कमिटि चयन भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १४ को अध्यक्षमा गोपाल गिरी चयन भएका छन् । वडा अधिवेशनबाट गिरीको सभापतित्वमा २५ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा तिलक बिक, सचिवमा खिम बहादुर थापा मगर, उपसचिवमा सुमित्रा भण्डारी र दिनानाथ चौधरी लगायत २५ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १५ को अध्यक्षमा घुर्का थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलिले देशैभरीका वडा अधिवेशनको भर्चुल माध्यमबाट उद्घाटन गरेका थिए ।

Nabintech