१६ चैत्र २०८०, शुक्रबार
बाँके जिल्लाका भित्रका अटोरिक्सा व्यवस्थापन उचित तरिकाले गरिने : बाँके ट्राफिक प्रमुख

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७८, आईतवार १६:५५

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख तथा प्रहरी निरीक्षण ऐन बहादुर मल्लले बाँके जिल्लाको अव्यवस्थित अटो रिक्साको व्यवस्थापन गरिने बताएका छन् । अव्यवस्थित पार्किङ्गका कारण सरवारी दुर्घटनाको उच्च जोखिम रहेकाले बाँके जिल्ला भित्रका अटोरिक्साको उचित व्यवस्थापनका लागि काम गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख भई भखरै आएका मल्लले कोहलपुरमा सम्पन्न ट्राफिक व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै अटो रिक्सालाई नियम र कानून भित्र ल्याउनका लागि स्थानियत निकायले सहयोग गर्न आग्रह गर्दैै बाँके जिल्लामा अस्थव्यस्त रहेको अटो रिक्सालाई व्यवस्थित गर्ने लक्ष्यका साथ काम गर्ने बताएका छन् । साथै उनले ट्राफिक सचेतनाका लागि सामुदाय र विद्यार्थीहरुसँग ट्राफिक प्रहरी भेटघाट अभियान संचालन गर्ने, ट्राफिक प्रहरी कार्यालय बाँकेमा स्रोत थपगर्ने, पार्किङ्गको समस्याको दिर्घकालिन समाधान गर्नका लागि विशेष अभियान संचालन गर्ने, सवारी दुर्घटना यूनिकरणका लागि सबै सँग सहकार्य गर्ने बताएका छन् ।
यसका साथै बाँके जिल्लाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउनका लागि सबैले सहयोग गरिनदिन आग्रह समेत गरेका छन् । बाँके जिल्ला सवारी दुर्घटनाको उच्च जोखिममा रहेकोले दुर्घटनालाई कम गर्नका लागि विशेष अभियान संचालन गर्न आवश्यक रहेकोमा जोड दिँदै ट्राफिक प्रहरीको सेवालाई जनमैत्री बताउने प्रतिवद्धता समेत जनाएका छन् ।

Nabintech