६ बैशाख २०८१, बिहीबार
साढेतीन लाखसहित ६ जना जुवाडे पिपरीबाट नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७८, मंगलवार १६:५६

बाँके प्रहरीले मंगलबार बिहान १ बजेको समयमा कोहलपुरको पिपरीबाट ६ जना जुवाडेलाई साढे तीनलाख नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले कोहलपुर नगरपालिका वडानं. ८ पिपरीस्थित रुद्रविर खडकाको घरको कोठामा केही मानिसहरु जम्मा भई जुवा खेलेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले सो जुवाको खालबाट नेपाली रु ३ लाख ४९ हजार ७ सय ५ रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले घटनास्थलबाट ५२/५२ पत्तिका दुई गड्डी तास र जुवा खेल्न बिच्छाईएको चटाई बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जुवाडेमाथि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Nabintech